काठमाडौं– दुई सातापछि बजारमा आउन लागेको हुन्डाई क्रेटा ईभीको पहिलो टिजर भिडियो सार्वजनिक गरिएको छ ।
यही १७ जनवरीमा भारतको नयाँदिल्लीमा आयोजना हुने भारत मोबिलिटी एक्स्पो २०२५ मा सार्वजनिक हुने भनिएको हुन्डाई क्रेटा ईभीको टिजरमा एउटा मात्र माउन्ट चार्जरको फोटो दिइएको छ । जसमा ‘इलेक्ट्रिक इज नाउ क्रेटा’ लेखिएको छ ।
यसअगाडि ४५ किलोवाट आवरको ब्याट्री हुने भनिएकोमा क्रेटा ईभीको अफिसियल भिडियोमा ५१.४ किलोवाट आवरको ब्याट्री देखाइएको हो ।
क्रेटा ईभीको रेन्ज एआरएआई सर्टिफिकेट अनुसार ४७३ किलोमिटर हुने दावी गरिएको छ । क्रेटा ईभीमा कोना ईभीमै प्रयोग भएको १०० किलोवाटको मोटर रहने कम्पनीले सार्वजनिक गरेको भिडियोमा उल्लेख छ ।
प्रतिक्रिया