२० पुस २०८१, शनिबार | Sun Jan 5 2025

चीनको लोकप्रिय एयरलाइन जुनयाओका ईभी केही दिनमै नेपाल भित्रिदै




काठमाडौं– नेपाली बजारमा नयाँ चिनियाँ इलेक्ट्रिक कार ब्रान्ड जुनयाओ भित्रिने भएको छ । हाल नेपाली बजारमा ब्रम्बी ईभी बिक्री–वितरण गरिरहेको एलआरआर मोटर्सले जुनयाओ अटोको जेवाई एयर सी ५ अल्ट्रा उपलब्ध गराउने जनाएको छ ।

एलआरआर मोटर्स प्रालि जुनयाओको नेपालका लागि आधिकारिक बिक्रेता बनेको छ । जुनयाओ ग्रुप अन्तर्गत चीनमा एयरलाइन र अन्य धेरै व्यवसाय रहेका छन् । सन् १९९१ मा स्थापित यस ग्रुप अन्तर्गत एभिएसन र अटो लगायतका मुख्य पाँच क्षेत्रको व्यवसाय रहेका छन् । सन् २०२३ मा जुनयाओ अटोको स्थापना भएको थियो । चीनको टप ५०० निजी उद्यममा गनिने यस ग्रुप अन्तर्गत २० हजार भन्दा बढी जनशक्ति कार्यरत छन् ।

जुनयाओ अटोले हालै जेवाई सिरिजका दुई इलेक्ट्रिक ऋचयककयखभच जेवाई एयर सी५ लाइट र जेवाई एयर सी५ अल्ट्रा चिनियाँ बजारमा उपलब्ध गराएको छ । यस मध्ये एलआरआर मोटर्सले जेवाई एयर सी५ अल्ट्रा नेपाली बजारमा भित्र्याउने बताएको छ । केही दिनभित्रै सो गाडी नेपाली बजारमा उपलब्ध हुने कम्पनी स्रोतको भनाइ छ ।

रियर ह्विल ड्राइभ र २५० एनएम टर्क भएको यो सिरिजको गाडीले थ्रिल र स्मुद राइडको अनुभूति दिन्छ ।

यस मध्ये जेवाई एयर सी५ लाइटमा ५१ किलोवाट आवरको एलएफपी ब्याट्री रहेको छ र यसले सिंगल चार्जमा ३५५ किलोमिटरको रेन्ज दिन्छ । जेवाई एयर सी५ अल्ट्रामा ६४ किलोवाट आवरको ब्याट्री रहेको छ र यसले सिंगल चार्जमा ४३० किलोमिटर ९डब्लुएलटीपी० रेन्ज दिन्छ । यसलाई डीसी चार्जिङबाट २१ देखि ३० मिनेटमा ३० देखि ८० प्रतिशत सम्म चार्ज गर्न सकिन्छ ।

जेवाई एयर सी५ अल्ट्रामा एरोडाइनामिक अनुभव प्रदान गर्न ०।२३ ड्र्याग कोफिसियन्ट छ । यसमा एड्जस्टेबल हिटेड सिट, प्यानोरामिक ग्लास रुफ र वायरलेस चार्जिङ सहितको प्रिमियम इन्टेरियर छ ।

यसमा १५।६ इन्चको टचस्क्रिन, वायरलेस कारप्ले तथा एन्ड्रोइड अटो र ३६० डिग्री क्यामेरा सहितको इन्टेलिजेन्ट टेक्नोलोजी छ । सेफ्टीका लागि यसमा एईबी, एलडीडब्लु र आरसीडब्लु एवम् चाइल्ड सेफ्टीका लागि आई–साइज सेफ्टी सिट सहितको सेफ्टी सुइट रहेको छ ।

वातावरणीय सहजतका लागि यसमा रिसाइकल गर्न सकिने सामग्री प्रयोग गरिएको छ । यो गाडीले ११ सेकेन्डमा शून्य देखि १०० किलोमिटर प्रतिघण्टा सम्मको गति लिन सक्छ । ९९ किलोवाटको मोटर रहेको सो ब्रान्ड केही दिन पहिले थाइल्यान्ड मोटर एक्सपो २०२४ मा सार्वजनिक गरिएको थियो ।

जुनयाओ ग्रुप अन्तर्गत चीनमा एयरलाइन र अन्य धेरै व्यवसाय रहेका छन् ।

  :