काठमाडौं– चीनको ठूलो पुरानो चेरी अटोमोवाइल ग्रुपले सन् २०२४ मा २६ लाख ३ हजार ९१६ युनिट सवारी साधन बिक्री गरेको छ । चेरीसँग ओमोडा र जेको न्यू इनर्जी ब्राण्ड छ भने हाइब्रिड र कम्बस्चन इञ्जिन कारको उत्पादन हुँदै आएको छ ।
अघिल्लो बर्ष सन् २०२३ को तुलनामा चेरी ब्राण्डका गाडीको बिक्री ३८.४ प्रतिशतले वृद्धि भएको छ । चेरीले एक बर्षको अवधिमा चीन बाहिर ११ लाख ४४ हजार ५८८ युनिट बिक्री गरेको हो । कम्पनीको निर्यात २१.४ प्रतिशतले बढेको बताइएको छ ।
प्रतिक्रिया