२३ पुस २०८१, मंगलबार | Tue Jan 7 2025

माघभित्रै क्रेटा ईभी नेपाली बजारमा




काठमाडौ–यही जनवरी १७ मा भारत मोबिलिटी एक्स्पोमा आधिकारिक रुपमा लञ्च हुन लागेको हुन्डाईको क्रेटा ईभी माघ महिनाभित्रै नेपाली बजारमा ल्याउने तयारी हुन्डाईको नेपालका लागि आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले गरेको छ । यद्यपि नेपालमा क्रेटा ईभीको कुन भेरियन्ट आउँछ, सो बिषय भने खुलाइएको छैन ।

हुन्डाईले तत्कालका लागि आफ्नो वेश भेरियन्ट ‘एक्ज्युकेटिभ’को भारतीय बजारमा बुकिङ खुला गरेको छ । डिलरहरुले २५ हजार भारतीय रुपैयाँ लिएर बुकिङ गर्न शुरु गरेका हुन् ।

क्रेटा ईभी ४२ र ५१.४ किलोवाट आवर क्षमताको ब्याट्री प्याकमा उपलब्ध हुने जनाइएको छ । जसले क्रमशः ३९० र ४७३ किलोमिटर रेन्ज दिने दावी कम्पनीको छ ।

सो नयाँ ईभीको ब्याट्रीलाई फास्ट चार्जर प्रयोग गरेर ५८ मिनेटमा १० देखी ८० प्रतिशत र ११ किलोवाटको स्मार्ट कनेक्टेड वाल बक्स चार्जर प्रयोग गरेर ४ घण्टामा १० देखी १०० प्रतिशत चार्ज गर्न सकिन्छ । लुक्स र डिजाइन क्रेटाको जस्तै हुनेछ भने इन्टेरियरमा केहि परिवर्तन हुने कम्पनीले जानकारी दिएको छ ।

  :