काठमाडौं – नेपालका लागि टाटा मोटर्सको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ प्रालिले इटहरीमा टाटा म्याजिक बीएस ६ एक कार्यक्रमका बीचमा सार्वजनिक गरेको छ।
कोशी विक्रम यातायात प्रालिका अध्यक्ष संजय सिंह र इटहरी यातायात प्रालिका अध्यक्ष महेश घिमिरेको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा सिप्रदीका सिप्रदीका प्यासेन्जर भेइकल्स प्रोडक्ट म्यानेजर इन्द्रमणि पोख्रेलले टाटा म्याजिक बीएस६ ले सहरी यातायातलाई मात्र नभई यस क्षेत्रका व्यावसायिक गतिविधिलाई पनि आधुनिक र प्रभावकारी बनाउने बताए ।
उनले भने– ‘यसको उच्च माइलेज, कम मर्मत खर्च र यात्राको सुविधासहितको संरचनाले व्यावसायिक क्षेत्रमा नयाँ मानक स्थापित गर्नेछ। यसले यातायात व्यवसायीहरूलाई आर्थिक रूपमा सबल बनाउनुका साथै यात्रुहरूको अनुभवलाई नयाँ उचाइमा पुर्याउनेछ। सिप्रदीका पूर्वी क्षेत्रीय प्रबन्धक सुवास कुमार दासको सभापतित्वमा भएको सो कार्यक्रम भएको थियो ।
सहरी र विद्यालय यातायातलाई आधुनिक, किफायती र वातावरणमैत्री बनाउने उद्देश्यले म्याजिक बीएस ६ ले यस क्षेत्रका यातायात व्यवसायीहरूको आवश्यकता पूरा गर्न महत्वपूर्ण योगदान पुर्याउने विश्वास कम्पनीले गरेको छ ।
टाटा म्याजिक बीएस ६ गाडीमा आधुनिक बीएस ६ प्रविधि, ३० एचपी पावर र उच्च माइलेजसहितका सुविधाहरू छन्। यसको आरामदायी इन्टेरियर, कम मर्मत खर्च र अत्याधुनिक प्रविधिका कारण यसलाई सहरी र विद्यालय यातायातका लागि उत्कृष्ट विकल्पको रूपमा लिइएको छ।
प्रतिक्रिया