२४ पुस २०८१, बुधबार | Thu Jan 9 2025

बेनेलीले ल्यायो डबल छुटको स्कीम, स्कीमबाट फाइदा उठाउन आह्वान




काठमाडौं– बेनेली मोटरसाइकल तथा स्कुटरको नेपालका लागि आधिकारिक बिक्रेता केटीएम इन्टरनेशनले मोटरसाइकल तथा स्कुटर किन्दा ग्राहकले डबल छुट पाउने स्कीम ल्याएको हो ।

स्कीम अनुसार अब ग्राहकले मोटरसाइकल तथा स्कुटरको खरिदमा २५ हजारका दरले दुई पटक छुट पाउने कम्पनीले जनाएको छ । साथै, यो योजनामा मोटरसाइकल तथा स्कुटर खरिद गर्दा ग्राहकले बेनेलीको हेलमेट, एक वर्षको रोड ट्याक्स र इन्स्योरेन्स निःशुल्क पाउने छन् ।

यो स्कीममा ग्राहले एक्सचेन्ज सुविधा समेत प्राप्त गर्नेछन् । जसमा ग्राहकले आफूसँग भएको कुनैपनि पुरानो मोटरसाइकल तथा स्कुटरसँग बेनेलीका नयाँ मोटरसाइकलसँग साट्न सक्ने पनि कम्पनीले जानकारी दिएको छ ।

कम्पनीले एक्सचेन्ज मार्फत मोटरसाइकल किन्ने ग्राहकलाई पुरानो मोटरसाइकलको बजारमा मूल्यमा थप मूल्याङकन दिने पनि जनाएको छ। यसका अलावा ग्राहकले यो योजनामा मोटरसाइकल तथा स्कुटर खरिद गर्दा यती एयरलायन्सको नेपालभर कुनै पनि उडानको दोहोरो टिकट निःशुल्क प्राप्त गर्न सक्ने कम्पनीको भनाई छ ।


यो अफर सीमित समयका लागि मात्रै भएको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार ग्राहकहरूले छिट्टै निर्णय गरेर नयाँ वर्षलाई भव्य र शानदार बनाउन बेनेलीसँगको यो अवसरलाई अपनाउन कम्पनीले आह्वान समेत गरेको छ ।

  :