२६ पुस २०८१, शुक्रबार | Fri Jan 10 2025

नक्सालमा नामीको शोरुम तयार



काठमाडौं– चिनियाँ ईभी उत्पादक डङफेङ नामीको नेपालका लागि आधिकारिक बिक्रेता एमएडब्लु ग्रुपले काठमाडौंको नक्सालमा नामीको सुविधा सम्पन्न शोरुम तयार गरेकोछ ।

कम्पनीले नक्साल ‘स्टेट अफ द आर्ट’ थिममा शोरुम तयार गरेको हो। शोरुमलाई आधुनिक लाइटिङ एम्बियन्समा सजाइएको छ।

नामी ब्रान्ड गत भदौमा काठमाडौंको भृकुटीमण्डपमा भएको नाडा अटो शोबाट नेपाली बजारमा प्रवेश गरेको थियो। त्यसपछि कम्पनीले नेपाली बजारमा अहिलेसम्म ३५० भन्दा बढी युनिट नामी आयात गरिसकेको छ।

नामी ई १ को मूल्य ३० लाख २४ हजार, नामी ई २ को ३२ लाख ४९ हजार तथा नामी ई ३ को ३५ लाख ९९ हजार रुपैयाँ तोकिएको छ।

  :