१ माघ २०८१, मंगलबार | Tue Jan 14 2025

अब देशभर ५ स्थानमा हुन्डाई चार्ज सप’




काठमाडौं– यही जनवरी १७ मा हुण्डाईको क्रेटा ईभी भारतमा सार्वजनिक भएपछि आगामी फेब्रुअरी महिनाभित्र नेपाल भित्र्याउने तयारीमा हुन्डाईको नेपालका लागि आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालि लागेको छ । क्रेटा ईभीप्रति ग्राहकहरुको तीब्र आकर्षण बढेकाले कम्पनीले चाँडोभन्दा चाँडो उक्त ईभी नेपाल भित्र्याउने तयारी गरेको हो ।

चाँडै नै क्रेटा ईभी नेपाल भित्र्याइने भएपछि कम्पनीले पूर्वाधार निर्माणमा पनि विशेष ध्यान दिएको छ । ग्राहकहरुलाई चार्जिङ स्टेसनसँगै सर्भिसको पनि सुविधा एकैठाउँमा दिन कम्पनीले ‘चार्ज सप’ निर्माण गर्न लागेको छ । चार्ज सपमा गाडी चार्ज गर्ने स्थानमा सर्भिसको पनि सुविधा पाइन्छ । यो नेपालमा नै नौलो भएको कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार महेन्द्र राजमार्गमा तीन वटा, वीपी राजमार्गमा एउटा र सिद्धार्थ राजमार्गमा एउटा गरि देशभर ५ स्थानमा चार्ज सप’ बनाउन पूर्वाधार निर्माणको काम भईरहेको छ ।

यस्तै, कम्पनीले एसी र डीसी चार्जिङ स्टेसनहरू पनि बिस्तार गर्न लागेको छ । हुण्डाईको एसी चार्जिङ स्टेसन हालसम्म ४५ वटा स्थानमा रहेका छन् । अब थप ५ स्थानमा एसी चार्जिङ स्टेसन स्थापना भएपछि हुण्डाईको एसी चार्जिङ स्टेसनको संख्या ५० पुग्ने कम्पनीले जानकारी दिएको छ ।

  :