१ माघ २०८१, मंगलबार | Tue Jan 14 2025

टाटा मोटर्सद्वारा टियागो इभी र टिगोरको नयाँ भर्सन सार्वजनिक




काठमाडौं– टाटा मोटर्सले टियागो इभी र टिगोरको २०२५ भर्सन भारतीय बजारमा सार्वजनिक गरेको छ। दुवै मोडलमा इन्टेरियरको साथै एक्सटेरियर डिजाइन पनि परिमार्जन गरिएको छ ।

टियागो र टिगोर पेट्रोल समेत अपडेट गरिएको छ । दुबै कारहरु अब थप केही फिचरसहित नयाँ कलरमा समेत आउने भएका छन् । टियागो इभी र टिगोर दुवै नेपाली बजारमा पनि ग्राहकहरुले निकै रुचाएका गाडीहरु हुन्।


टियागो इभीमा इन्टेरियरमा एलईडी हेडलाइट्स, डोरमा इभी ब्याच दिइएको छ। यसमा अपडेट गरिएको रियर क्यामेरा, नयाँ १०.२५ इन्चको स्क्रिन र अटोमेटिक हेडल्याम्पहरु प्रदान गरिएको छ। २०२५ टियागो ईभीमा पहिले जस्तै १९.२ किलोवाट र २४ किलोवाटको ब्याट्री प्याकको रहेको छ । सो ब्याट्रीले फुल चार्जमा ३१५ किलोमिटरको रेन्ज दिने कम्पनीले जनाएके छ ।

  :