काठमाडौं– चिनियाँ अटोमोवाइल कम्पनी नेटाका गाडीहरुको सिंगापुरमा पनि बिक्री शुरु भएको छ । हाल सिंगापुरमा जारी ‘सिंगापुर मोटर शो’ मार्फत नेटाले आफ्ना कारहरु बिक्री सुरु भएको घोषणा गरेको हो ।
कम्पनीले सिंगापुरमा पनि नेटाको कम्प्याक्ट एसयूभी नेटा एक्स र क्रसओभर ह्याचव्याक नेटा आया (भी) मोडलको बिक्री सुरु गरेको हो । मोटर शोको पहिलो दिनमै ५२ युनिट बुकिङ लिएको कम्पनीले जनाएको छ ।
नेटाले सिंगापुरको एनईभी स्ट्याण्डर्ड अनुसार ‘सर्टिफिकेट’ पाइसकेको छ । त्यसैले कम्पनीले चाँडै अत्याधुनिक सुविधा सहितको शोरुम पनि सञ्चालन गर्न लागेको समेत जानकारी दिएको छ ।
नेटाले थाइल्याण्डमा आफ्ना कारहरु उत्पादन गर्दै आएको छ । नेटाले चाँडै नै युरोपको देशहरु र अष्ट्रेलियामा पनि आफ्ना कार बिक्री गर्ने योजना बनाएको बताइएको छ ।
प्रतिक्रिया