मंसिर २०, २०८२ शुक्रबार | Sat Dec 6 2025

चाँडै नै नेपाली बजारमा क्रेटा ईभी



काठमाडौं– जनवरी १७ मा भारतको नयाँ दिल्लीमा सार्वजनिक हुन लागेको क्रेटा ईभी नेपालमा पनि नेपालको लागि हुन्डाई मोटर्सको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले चाँडै बिक्री शुरु गर्ने तयारी गरेको छ ।

भारतमा क्रेटा ईभी ४२ र ५१.४ किलोवाट आवरको दुई फरक ब्याट्रीप्याक अप्सनमा उपलब्ध हुने भए पनि नेपालमा भने शुरुमा ४२ किलोवाट आवरको ब्याट्रीप्याकमा उपलब्ध हुने कम्पनीले जनाएको छ ।

कम्पनीले हाल क्रेटा ईभीको ‘ब्लाइण्ड बुकिङ’ लिइरहेको र हालसम्म ६० युनिटभन्दा बढी बुकिङ भईसकेको जनाएको छ । कम्पनीका अनुसार अहिले १ लाख रुपैयाँ तिरेर क्रेटा ईभी बुकिङ गर्न सकिन्छ ।

क्रेटा ईभी नेपाली बजारमा ब्ल्याक पर्ल, एटलास ह्वाइट, फेरि रेड, स्टेरी नाइट, ओसियन ब्लू, टाइटेन ग्रे र रोबस्ट एमराल्ड गरी ७ कलर अप्सनमा उपलब्ध हुने पनि कम्पनीले जनाएको छ । ।

  :