फाल्गुन २८, २०८२ बिहीबार | Fri Mar 13 2026

नेपाली बजारमा दीपल एस ०७ एल ईभी, १५ दिनसम्म विशेष छूट




काठमाडौं– नेपालका लागि चांगन मोटर्सको आधिकारिक बिक्रेता एमएडब्लू वृद्धिले ‘‘दीपल एस ०७ एल’ सार्वजनिक गरेको छ। कम्पनीले हालै नेपाली बजारमा थप शक्तिशाली मोटर र बढी रेन्ज दिने ‘दीपल एस ०७ एल’ भित्र्याएको हो ।

अत्याधुनिक प्रविधिका कारण निकै लोकप्रिय बनेको दीपल एस ०७ एल अहिलेसम्म ७०० भन्दा बढी युनिट बिक्री भइसकेको कम्पनीले जनाएको छ ।

दीपल एस ०७ एलमा १६० किलोवाटको रियर ह्वील ड्राइभ मोटर रहेको छ । यसमा ७९.९ किलोवाट आवरको ब्याट्रीप्याक दिइएको छ । यसको मोटर पहिलेको रेगुलर भर्सनभन्दा ६० किलोवाट धेरै हो । यो ईभीले सिंगल चार्जमा ४८५ किलोमिटर डब्लूएलटीपी रेन्ज दिने कम्पनीले जनाएकोे छ ।

कम्पनीले दीपलको एस ०७ एलको मूल्य ८४ लाख ९९ हजार रुपैयाँ तोकेको छ । तर, आगामी १५ दिन भित्र खरिद गर्नेले भने ८१ लाख ९९ हजार रुपैयाँमै पाउन सक्ने जनाएको छ ।

  :