काठमाडौं– बराल ग्रुप अन्तर्गतको ‘एलिट मोटर्स प्रालि’ ले माघ ५ गतेदेखि ७ गतेसम्म तीन दिने ‘पोखरा एक्सचेन्ज एन्ड टेस्ट ड्राइभ कार्निभल’ आयोजना गरेको छ ।
पोखरा इभेन्ट सेन्टर, बुलौदी, लेकसाइडमा भएको कार्निभलमा सहभागीहरूले विभिन्न सवारीसाधनहरूको अवलोकन र टेस्ट ड्राइभ गर्न सक्नेछन् भने आकर्षक छुटको अवसर समेत प्राप्त गर्ने कम्पनीले जनाएको छ । एलिट मोटर्स प्रालि ले पोखरामा निसान, ओमोडा एन्ड जेइको र जिकर तथा ‘एसएसएल मोटर्स कम्पनी’ ले लिपमोटर र सिट्रोन ब्रान्डका सवारी साधन बिक्री–वितरण गरिरहेको छ । यी सबै ब्रान्डको नेपालका लागि आधिकारिक वितरकको रुपमा शारडा ग्रुप र गोल्छा ग्रुप अन्तर्गतका विभिन्न कम्पनी रहेका छन् ।
सहभागीहरूले यी सवारी साधनहरूको टेस्ट ड्राइभ गर्ने, आफ्नो पुरानो तथा हालको गाडी एक्सचेन्ज गर्दा आकर्षक एक्सचेन्ज बोनसको फाइदा उठाउने र प्रतिस्पर्धात्मक बैंक ब्याजदरमा ८० प्रतिशत सम्मको फाइनान्सिङ सहित ठाउँको ठाउँ वित्तीय सहजीकरण सुविधा प्राप्त गर्न सक्ने व्यवस्था रहेको छ ।
साथै सो कार्निभलले सहभागीहरूलाई प्रख्यात गाडीका ब्रान्डहरूको नवीनतम मोडलहरूको उत्साहजनक टेस्ट ड्राइभका साथै बजारको उत्कृष्ट प्रतिस्पर्धात्मक एक्सचेन्ज अफरहरूको लाभ लिन एक महत्वपूर्ण अवसर प्रदान गर्नेछ ।
प्रतिक्रिया