काठमाडौं – सीजी मोटर्सले जेटुअर ब्राण्डका एसयूभी नेपाल ल्याउन आधिकारीक सम्झौतामा हस्ताक्षर गरेको छ। सिजी मोटर्सका प्रमुख कार्यकारी निर्देशक हेमन्त अग्रवाल र जेटुर इन्टरनेश्नलका भाइस प्रेसिडेन्ट केभिन छुबिच एक सम्झौता भएको हो ।
पछिल्लो समय न्यू इनर्जी भेहिकलको डिलरशिप लिनमा आक्रामक बनेको सिजी मोटर्स ल्याउन लागेको जेटुअर ब्राण्डमा प्रिमियम एसयूभीहरु उत्पादन भइरहेका छन् । जेटुअरले विशेषगरी हाइब्रिड कार उत्पादनमा काम गर्दै आएको छ ।
चेरी होण्डिङ ग्रुपले सन् २०१८ मा स्थापना गरेको जेटुअर अटोमोवाइल अन्तर्गत क्रसओभर एसयूभी मोडलहरु उत्पादन भइरहेका छन् । नेपाल आउनु अघि जेटुअर चीन बाहेक मध्ये पूर्वका देशहरु, फिलिपिन्स, रसिया, इजिप्ट, इन्डोनेशियामा बिक्री सुरु भएको छ ।
ल्याटीन अमेरिकी देशहरु चिली, डोमिनीकन रिपव्लीक, पेरु, उरुग्वे, मेक्सीको, पानामा तथा इक्वेडरमा पनि जेटुअरको बिक्री भइरहेको छ । नेटा ईभीलाई नेपाल भित्र्याएर अटो व्यवसायमा प्रवेश गरेको सिजी मोटर्सले एकपछि अर्को नयाँ ब्रान्डका ईभी भित्र्याईरहेको छ ।
सीजी मोटर्सले नेपालमा नेटा, स्मार्ट, अभतार, एओन, रेडारा, एक्सपेङ, दायुन, किङलङ, केवाईसी जस्ता इलेक्ट्रीक भेहिलक बिक्री गर्दै आएको छ । कम्पनीले आफ्नो १० औं ब्राण्डको रुपमा जेटुअर नेपाल ल्याउन लागेको हो ।
प्रतिक्रिया