काठमाडौं – पर्यावरणमैत्री यातायात अपनाउने प्रतिबद्धता अनुरुप दिगो गतिशीलता समाधानमा अग्रणी कम्पनी एमएडब्लू वृद्धिले नेपालभर कुल ८६ विद्युतीय सवारी साधन चार्जिङ स्टेसनहरू स्थापना गरेको छ।
निकट भविष्यमा थप १०० चार्जिङ स्टेसनहरू थपेर नेटवर्कलाई अझ विस्तार गर्ने योजना बनाइरहेको उल्लेख गर्दै कम्पनीले पहुँचयोग्य र कुशल ईभी पूर्वाधारको लागि बलियो जग खडा गरिरहेको पनि जनाएको छ ।
सीसीएस २–कम्प्याटिबल चार्जिङ नेटवर्क कुशल ईभी पूर्वाधारको बढ्दो माग पूरा गर्ने दिशामा एक उत्कृष्ट कदम भएको उल्लेख गर्दै कम्पनीले जारी गरेको विज्ञप्तिमा यसले हरियाली र स्वच्छ भविष्यको लागि एमएडब्लू वृद्धिको दृष्टिकोणलाई सघाउँछ र व्यक्ति एवम् व्यवसायहरूलाई विद्युतीय सवारी साधनहरूमा स्विच गर्न सजिलो पनि बनाउने समेत उल्लेख छ । कुशल चार्जिङ सुविधाहरूको व्यापक उपलब्धताले दिगो गतिशीलतालाई प्रवद्र्धन गर्नुका साथै देशलाई वातावरणीय रूपमा जिम्मेवार यातायाततर्फ परिवर्तन गर्दछ, विज्ञप्तिमा भनिएको छ– यो उपलब्धिले कम्पनीको नवीनता र वातावरणको हेरचाहप्रतिको बलियो प्रतिबद्धतालाई चित्रण गर्दछ।
बढ्दो नेटवर्कसँगै समुदाय र उद्यमहरूलाई हरित भविष्य अँगाल्न आवश्यक पर्ने कुराहरू प्रदान गर्न कम्पनी प्रतिबद्ध भएको पनि विज्ञप्तिमा उल्लेख छ ।
प्रतिक्रिया