काठमाडौं । नेपाली ब्याट्री ब्रान्ड एसटीसी राइड तथा एसटीसी इनर्जीले नेपाली खेलकुद क्षेत्रसँग सहकार्य गर्दै नेपाली महिला राष्ट्रिय फुटबल टोलीका तीन खेलाडीलाई आफ्नो आधिकारिक ब्रान्ड एम्बेसडर नियुक्त गरेको छ ।
अखिल नेपाल फुटबल संघ (एन्फा) परिसरमा आयोजना गरिएको एक कार्यक्रमका बीच राष्ट्रिय महिला फुटबल टोलीका चर्चित खेलाडीहरू रेखा पौडेल, मनमाया दमाई तथा दीपा शाहीसँग औपचारिक सम्झौता सम्पन्न गरिएको हो ।
सम्झौताअनुसार राष्ट्रिय टोलीकी फरवार्ड खेलाडी रेखा पौडेल तथा प्रतिभाशाली युवा खेलाडी दीपा शाहीले एसटीसी राइडको प्रतिनिधित्व गर्नेछन् भने राष्ट्रिय टोलीसँग आबद्ध खेलाडी मनमाया दमाईलाई एसटीसी इनर्जीको ब्रान्ड एम्बेसडर अनुबन्ध गरिएको छ ।
नेपालको अटोमोटिभ तथा ऊर्जा क्षेत्रमा सक्रिय कम्पनी एसटीसी ग्रुपले हेटौडा औद्योगिक क्षेत्रमा प्लान्ट स्थापना गरी एसटीसी राइड तथा इनर्जी ब्याट्री उत्पादन गर्दै आएको छ ।
यी ब्याट्रीहरूले उच्च कार्यक्षमता, लामो आयु तथा भरपर्दो प्रदर्शन प्रदान गर्दै आएको कम्पनीकोा दावी छ । विशेषगरी दुईपांग्रे, चारपांग्रे तथा ऊर्जा तथा पावर ब्याकअप क्षेत्रमा आफ्नो प्रभाव तथा लोकप्रिय बन्दै गरिरहेको कम्पनीले जनाएको छ ।









प्रतिक्रिया