मंसिर २०, २०८२ शुक्रबार | Sat Dec 6 2025

चितवनमा सेरेस र नामी ईभीको तीन दिने एक्सचेञ्ज एण्ड टेष्ट ड्राइभ क्याम्प



काठमाडौं– सेरेस र नामी ईभीको आजदेखि चितवनमा तीन दिने एक्सचेञ्ज एण्ड टेष्ट ड्राइभ क्याम्प हुने भएको छ । नेपालका लागि सेरेस र नामी ईभी ब्रान्डको आधिकारिक वितरक एमएडब्लु वृद्धिले चितवनलाई लक्षित गरेर यो क्षेत्रकै सबै भन्दा ठूलो ‘एक्सचेन्ज तथा टेस्ट ड्राइभ क्याम्प’ गरेको हो ।

भरतपुर, चितवनस्थित सिमटी रिसोर्टमा २१ माघदेखि २३ माघसम्म ‘एक्सचेन्ज एन्ड टेस्ट ड्राइभ क्याम्प अयोजना हुने कम्पनीले जनाएको छ । क्याम्पमा सेरेस र नामी इभी किन्ने ग्राहकले ७ किलोवाटको चार्जर निःशुल्क पाउनेछन्।

कम्पनीले ग्राहकलाई ‘एक्सचेन्ज बोनस’को फाइदा उठाउन आग्रह गरेको छ। क्याम्पमा पुरानो गाडीको आकर्षक उपहार पाउनुका साथै फाइनान्सिङको सुविधा रहेको जनाएको छ।


यसका अलावा ग्राहकले हरेक टेस्ट ड्राइभ र आफ्नो पुरानो गाडीको मूल्यांकनमा आकर्षक उपहार पाउने जनाएको छ । यी अफरहरु बाहेक एक्सचेन्ज क्याम्पमा आएर फ्युचरिस्टिक डिजाइन र फिचरले भरिएका नामी र सेरेसको टेस्ट ड्राइभ गर्नेले ‘फुडस्टल’को मज्जा लिन सक्नेछन् ।

एमएडब्लु वृद्धिले एक्सचेन्ज एन्ड टेस्ट ड्राइभ क्याम्प अघि नामीको क्षेत्रीय लन्च पनि गर्ने योजना बनाएको छ ।

  :