२७ आश्विन २०८३, मंगलबार | Wed Oct 14 2026

निक्षेप तथा कर्जा सुरक्षण कोष र गौरादह नगरपालिकाबीच सम्झौता




काठमाडौं–निक्षेप तथा कर्जा सुरक्षण कोषले झापाको गौरादह नगरपालिका क्षेत्रका युवाहरुलाई सूचना प्रविधि लगायतका रोजगारमुखी सीप विकास तालिम प्रदान गर्न कर्जा सुरक्षण योजना शुरु गर्ने भएको छ।

यस योजनाअन्तर्गत, सूचना प्रविधि क्षेत्रसँग सम्बन्धित कर्जा बैंक र वित्तीय संस्थाबाट बिना धितो सुलभ तरिकाले प्रवाह हुनेछ, जसको सुरक्षण निक्षेप तथा कर्जा सुरक्षण कोषले गर्ने भएको हो।

नगरपालिकाले तालिमको लागि लिएको कर्जाको आधारमा कोषलाई सुरक्षण रकम योगदान गर्ने व्यवस्था रहेको छ। यस सम्बन्धी सम्झौतापत्रमा निक्षेप तथा कर्जा सुरक्षण कोष र गौरादह नगरपालिकाबीच रोजगारमुखी सीप विकास तालिम कर्जा सुरक्षण योजना, २०८१ बमोजिम समझदारी पत्रमा हस्ताक्षर भएको छ।

समझदारी पत्रमा कोषको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रमेश घिमिरे र नगरपालिकाको तर्फबाट नगर प्रमुख छत्रपति सुबेदीले हस्ताक्षर गर्नुभएको हो। साथै, सम्झौतामा गौरादह नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत युवराज खतिवडा र कोषका अन्य पदाधिकारीहरूको उपस्थिति रहेको थियो।

  :