फाल्गुन २८, २०८२ बिहीबार | Fri Mar 13 2026

एलईभी ०१ को ग्राण्ड एक्सचेन्ज क्याम्प बालुवाटारमा




काठमाडौं– माघ २३ देखि ३० गतेसम्म एलएस अटोको नेपालको लागि आधिकारिक वितरक नेक्सन भेन्चरले एलईभी ०१ को ग्राण्ड एक्सचेन्ज क्याम्प आफ्नो बालुवाटारस्थित शोरुमा सञ्चालचन गरेको छ ।

एक्सचेन्ज क्याम्पमा जुनसुकै ब्राण्डको पुरानो गाडीसँग इलेक्ट्रीक एसयूभी एलईभी ०१ साट्न मिल्नुका साथै, टेस्ट डाइभ अनुभव पनि लिन सकिने कम्पनीले जनाएको छ ।

त्यस्तै, एक्सचेन्ज क्याम्पमा एक्ससाइटिङ गिफ्ट ह्याम्पर, ग्रेट एक्सचेन्ज भ्यालुएसन, लोयल्टी बोनस पाउन सकिनेछ । कम्पनीले गाडी एक्सचेन्ज गर्ने ग्राहकहरूको लागि ६.६ किलोवाटको चार्जरका साथै १ वर्षको रोड ट्याक्स र इन्स्योरेन्स समेतको सुविधा दिइएको जनाएको छ ।

गत महिना नेपाल भित्रिएको एलईभी ०१ क्रसओभर इलेक्ट्रीक एसयूभी हो । एलएस अटोले बनाएको एलईभी ०१ नेपाली बजारमा स्ट्याण्डर्ड र कम्फर्ट गरी दुई भेरियन्टमा उपलब्ध रहेको छ ।

एलईभी ०१ मा ६७.१ किलोवाट आवरको लिथियम आयोन फस्फेट ब्याट्रीप्याक रहेको छ । यो एसयूभीमा ९९ किलोवाटको इलेक्ट्रिक मोटर छ ।

  :