काठमाडौंं– नेपालका लागि टाटा मोटर्सको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले अत्याधुनिक डिजाइन र थप फिचर्ससहितको टियागो इभी नेपाली बजारमा डेलिभरी शुरु गरेको छ ।
‘उच्च कार्यक्षमता, अत्याधुनिक डिजाइन, प्रयोगकर्तामैत्री सुविधासहितको नयाँ टियागो इभी पुरानै सुरुवाती मूल्यमा नेपाल आएको पनि कम्पनीले जनाएको छ । गाडीको सुरुवाती मूल्य २७ लाख ४९ हजार रुपैयाँ छ। नयाँ टियागो इभी कलर, डिजाइन, प्रविधि र सुरक्षाको दृष्टिकोणले अब्बल रहेकाले ग्राहकहरुले मनपराउने विश्वास पनि कम्पनीले लिएको छ ।
सुरक्षाका लागि दुईवटा एयरब्याग, इलेक्ट्रोनिक स्टेबिलिटी प्रोग्राम र हिल होल्ड कन्ट्रोल जस्ता विशेषता छन्। गाडीमा आईपी ६७ प्रमाणित ब्याट्री प्याक छ जसले नेपालको जस्तोसुकै भूगोलमा पनि बिना कुनै झन्झट काम गर्ने कम्पनीले जनाएको छ।
प्रतिक्रिया