काठमाडौं– लक्ष्मी इमोविलीटीले चाँडै न डोङफेङको फरथिङ ब्राण्डमा बनेको ‘फ्राइडे’ एसयूभी दुई भेरियन्टमा नेपाली बजारमा भित्र्याउने तयारी गरेको छ ।
डोङफेङ फरथिङ फ्राइडे एसयूभीमा ६४.४ किलोवाट आवरको ब्याट्री प्याक छ जसले एक पटकको फुल चार्जमा ४०० किलोमिटरसम्म रेन्ज दिने डब्लूएलटीपीले प्रमाणित गरेको छ । यसमा रहेको ब्याट्रीलाई ११ किलोवाटको एसी चार्जर र १२० किलोवाटसम्मको डिसी चार्जरले चार्ज गर्न सकिन्छ ।
फ्राइडे एसयूभीलाई डिसी फास्ट चार्जरले चार्ज गर्दा ३० बाट ८० प्रतिशतसम्म चार्ज गर्न ३५ मिनेट लाग्छ । एसी चार्जरले फुल चार्ज गर्न ५।्.५ घण्टा लाग्ने कम्पनीको भनाइ छ । यसलाई नेपाली बजारमा ९९ किलोवाटको मोटरमा ल्याउन लागिएको हो ।
फरथिङ फ्राइडेको लम्बाइ ४६०० एमएम, चौडाइ १८६० एमएम र उचाइ १६८० एमएम छ । यसको ह्वीलवेस २७१५ एमएम छ । यस एसयूभीमा १९ इन्च ठूलो ह्वील पाउन सकिन्छ ।
प्रतिक्रिया