बैशाख ६, २०८२ शनिबार | Sat Apr 19 2025

पारामाउन्ट मोटर्सको सुकेधारामा एमजी सर्भिस परिचय क्याम्प’




काठमाडौं–एमजीको नेपालका लागि आधिकारिक बिक्रेता पारामाउन्ट मोटर्सले सुकेधारामा नयाँ सर्भिस सेन्टर सञ्चालनमा ल्याउँदै फागुन ७ गते बुधबारदेखि ९ गते शुक्रबारसम्म ‘एमजी सर्भिस परिचय क्याम्प’ आयोजना गर्ने भएको छ ।

सो अवसरमा कम्पनीले उपभोक्तालाई स्पेयर पार्टस्, लेबर चार्ज र डेन्ट÷पेन्टमा लाग्ने लेबर चार्जमा छुट १० प्रतिशत छुट दिने जनाएको छ । त्यसको साथै, निःशुल्क भेहिकल स्क्यानिङ र निःशुल्क टप वासिङ पाउने छन् ।

नयाँ सर्भिस सेन्टर संचालनमा ल्याएको पारामाउन्ट मोटर्सले नयाँ इलेक्ट्रीक एसयूभी एस–५ पनि छिट्टै बिक्री सुरु गर्ने कम्पनीले जनाएको छ ।

  :