मंसिर २०, २०८२ शुक्रबार | Sat Dec 6 2025

सात महिनामा ६ हजार २५६ युनिट ईभी भित्रिए




काठमाडौं– नेपालमा पछिल्लो समयमा बिद्युतीय सवारी साधन (ईभी)को आयात तीब्ररुपमा भईरहेको छ ।

भन्सार विभागले तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको ७ महिना साउनदेखि माघसम्ममा ६ हजार २५६ युनिट विद्युतीय कार, जीप र भ्यान आयात भएको छ। सोही अवधिमा २ हजार ६६८ युनिट इन्धन गाडी नेपाल भित्रिएका छन्। विभागका अनुसार ५० किलोवाट क्षमताका ईभी २१ सय ५९, ५१ देखि १०० किलोवाट क्षमताका ३४ सय ९१ र १०१ देखि २०० किलोवाट क्षमताका ५९३ वटा गाडीको आयात भएको छ ।

यस्तै, २०१ देखि ३०० किलोवाटसम्मको ११ र ३०० किलोवाट माथिको दुई वटा गाडी आयात भएको विभागको तथ्यांकमा उल्लेख छ । सात महिनामा ५० किलोवाट क्षमता भएका ईभी चीनबाट १२ सय ६८ र भारतबाट ८९१ वटा भित्रिएका छन् । यस्ता, ५१ किलोवाटदेखि १०० किलोवाट क्षमता भएका गाडी चीनबाट २९ सय २२, भारतबाट ५ सय ६८ र कोरियाबाट एक वटा आयात भएको विभागको तथ्यांकमा उल्लेख छ । यसैगरी १०१ देखि २०० किलोवाट क्षमता भएका चीनबाट ५ सय ७०, जर्मनीबाट १७, कोरियाबाट २ र अमेरिकाबाट ४ वटा गाडी भित्रिएका छन् । विभागले २०१ देखि ३०० किलोवाट क्षमता भएका चीनबाट ७ र जर्मनीबाट ३ वटा गाडीको आयात गरेर बिक्रेता कम्पनीहरूले ल्याएको पनि जनाएको छ ।

तथ्यांक अनुसार ७ महिनामा १४ अर्ब ७५ करोड रुपैयाँ बराबरको ६ हजार भन्दा धेरै इभी कार, जीप र भ्यान प्यासेन्जर गाडी आयात भएका छन्। यसबाट सरकारले ९ अर्ब ४ करोड रुपैयाँको राजश्व संकलन गरेको छ।

यो महिना १ अर्ब ६४ करोड रुपैयाँ बराबरको ७७६ युनिट इलेक्ट्रिक कार, जीप र भ्यान प्यासेन्जर कार मात्रै आयत भएका छन्। यसबाट सरकारले ९२ करोड २१ लाख रुपैयाँ कर संकलन गरेको छ।

तर इन्धन प्यासेन्जर कार भने ३३ करोड ८३ लाख बराबरको ३०८ युनिट आयात भएका छन्। यसबाट ८२ करोड ४९ लाख रुपैयाँ राजश्व संकलन गरिएको छ।

दुई पाङ्ग्रे सवारी साधनको आयात ७ महिनामा १४ अर्ब ९ करोड रुपैयाँ बराबरको १ लाख १७ हजार ८८ युनिट आयात भएका छन्। यसबाट सरकारले १२ अर्ब ३५ करोड रुपैयाँ बराबरको राजश्व संकलन भएको छ। यो महिना १३ हजार ८०२ युनिट आयात भएका छन्।

  :