फाल्गुन २८, २०८२ बिहीबार | Fri Mar 13 2026

पनौंती–काठमाडौं रुटमा अब बिद्युतीय माइक्रोले सेवा दिने



काठमाडौं– मिनिबसबाट सेवा दिंदै आएको काभ्रेपलाञ्चोक–पुण्यवती यातायात कम्पनीले पनौंती नगरपालिकाको खोपासी र शङ्खुबाट आज आइतबारदेखि विद्युतीय सवारी (ईभी माइक्रो) सञ्चालनमा ल्याएको छ ।

खोपासी र शङ्खुबाट पनौती बसपार्क हुँदै कोटेश्वर–तिनकुने गएर पुनः खोपासी र शङ्खु फर्कने गरी दुई नयाँ रुट कायम गर्दै सेवा दिन शुरु गरिएको समितिले जनाएको छ । सेवारम्भको कम्पनीका अध्यक्ष राजेशसुन्दर सैँजूले पनौतीस्थित मानेश्वरी पार्कमा ईभी माइक्रो सञ्चालन उद्घाटन गरे।


पर्यावरण, प्रविधि तथा यात्रुको जनघनत्वलाई ध्यानमा राख्दै छिटोछरितो सेवा दिने उद्देश्यले विद्युतीय गाडीले मिनीबसको साविक भाडादरमा सेवा प्रदान गर्ने कम्पनीले जनाएको छ । हाल खोपासीबाट ११ सिट क्षमताको र शङ्खुबाट १४ सिट क्षमताको दश वटा ईभी माइक्रो सञ्चालनमा ल्याइएको समितिले जनाएको छ ।

  :