मंसिर २०, २०८२ शुक्रबार | Fri Dec 5 2025

यामाहाको शोरुमहरुमा हेल्मेट्स नेपालको आउटलेट रहने




काठमाडौं– हेल्मेट्स नेपालले यामाहा नेपालसँग व्यापारिक सहकार्य गर्नेमा सम्झौता गरेको छ ।

काठमाडौंमा आयोजित एक कार्यक्रममा यामाहा मोटरसाइकलको शोरुमहरूमा हेल्मेट्स नेपालको पनि आउट्लेट रहने बिषयमा हेल्मेट्स नेपाल र यामाहा नेपालबीच सम्झौता भएको हो । जहाँ हेल्मेट, सेफ्टी गियर र एसेसोरिजहरू उपलब्ध हुने छन् ।

पहिलो चरणमा काठमाडौंका शोरुम टेकु, महाराजगञ्ज र गठ्ठाघर भक्तपुरमा हेल्मेट्स नेपालको आउटलेटहरू रहने छन् । नक्शालस्थित यामाहाको ब्लु स्क्वायर शोरुममा भने एक्सचेन्जको सुविधा उपलब्ध रहने छ ।

यामाहा नेपाल र हेल्मेट्स नेपालको यो सहकार्यले नेपालमा रोड सेफ्टी र राइडिङ कल्चर अझै परिष्कृत रूपमा परिभाषित हुने विश्वास लिइएको छ ।

ग्राहकहरूले एउटै छानामुनि मोटरसाइकल, हेल्मेट, सेफ्टी गियर र राइडिङ एसिसोरिजहरूको सुविधा प्राप्त गर्न सक्नेछन् ।

यसअघि नै आफ्नो २ अत्याधुनिक शोरुममार्फत सेवा प्रदान गर्दै आएको हेल्मेटस नेपालले अब कुल ६ स्थानबाट सेवा प्रदान गर्नेछ ।

  :