काठमाडौं– न्यु इनर्जी भेहिकल कम्पनी बीवाईडीको हाइटेक विक–२०२५ काठमाडौंमा शुभारम्भ भएको छ ।
बिवाईडीका लागि नेपालको आधिकारिक बिक्रेता साइमेक्स इंकले नयाँ प्रविधि र सुपर कारसहित शुभारम्भ गरेको हाइटेक विक काठमाडौंकोे नयाँ बानेश्वरस्थित होटल एभरेष्टमा जारी छ । बीवाईडीको हाइटेक विमा नेपाली सडकमा नगुडेका ५ नयाँ मोडलका कारहरु प्रदर्शनीमा राखिएको छ ।
नेपालमा चिनियाँ दुतावासका कमर्सियल काउन्सिलर जि यु, बीवाईडी एसिया प्यासिफिक अटो सेल्स डिभिजनका भाइस जनरल म्यानेजर केत्सु झाङ, साइमेक्स इंकका चेयरम्यान अनिल श्रेष्ठ, साइमेक्स इंककी म्यानेजिङ डाइरेक्टर यमुना श्रेष्ठ लगायत सञ्चारकर्मी र अन्य प्रतिनिधिहरुको उपस्थितिमा बुधबार सो इभेन्टको शुभारम्भ गरिएको थियो । प्रत्येक दिन तीन फरक चरणमा विभिन्न क्रियाकलाप हुनेछन् । पहिलो चरण ११ देखि १२.३० बजे सम्म, दोस्रो चरण १.३० देखि ३.०० बजे सम्म र तेस्रो चरण ४.०० बजे देखि ५.३० बजे सम्म हुनेछ ।
इभेन्टको प्रमुख आकर्षणको रुपमा बीवाईडीका अत्याधुनिक सवारी साधन याङवाङ यु८, एफसीबी बाओ ५, डेन्जा जेड९जीटी, डेन्जा डी९ र बीवाईडी शार्क ६ सार्वजनिक गरिएको छ, जसले अटोमोटिभ टेक्नोलोजीमा नयाँ युगको प्रतिनिधित्व गर्छन् । इलेक्ट्रिक र हाइब्रिड सवारी उद्योगलाई पुनःपरिभाषित गर्ने गरी यी सवारी साधन अत्याधुनिक प्रगति झल्काउने सेफ्टी, पर्फमेन्स र इनोभेसनद्वारा सुसज्जित छन् ।

कार्यक्रममा सहभागीहरूले हाई–टेक इन्टरएक्टिभ जोनहरू, बिवाईडीको को ब्लेड ब्याट्री प्रविधि, डिसस इन्टेलिजेन्ट बडी कन्ट्रोल सिस्टम, इ–प्लेटफम ३.०, डुअल मोड अफरोड , उन्नत चालक सहायता प्रणाली (एडास) र गाडीभित्रको एआईलाई प्रत्यक्ष अनुभव गर्ने अवसर पाउनेछन् । नेक्स्ट जेन सवारी प्रदर्शन,बिवाईडीका नवीनतम र आउँदै गरेका ईभी मोडेलहरू प्रत्यक्ष रूपमा अवलोकन गर्ने र तिनको कार्यक्षमता तथा दिगोपन सम्बन्धी नवीनतम प्रविधिहरू बुझ्ने मौका पाउनेछन् । स्मार्ट मोबिलिटीको भविष्यबारे वास्तविक समय प्रविधि प्रदर्शनको लाइन डेमोन्स्ट्रेसन भइरहेको कम्पनीले जनाएको छ ।
ईभी ब्याट्री टेक्नोलोजी, इन्टेलिजेन्ट ड्राइभिङ सिस्टम र सुपेरियर भेइकल इन्जिनियरिङको क्षेत्रमा भएका पछिल्ला सफल प्रविधि सहितका विश्व–स्तरीय इलेक्ट्रिक सवारी साधन नेपाली ग्राहकमाझ ल्याउन साइमेक्स इंक सदैव प्रतिबद्ध रहेको कम्पनीले जनाएको छ ।





प्रतिक्रिया