मंसिर २०, २०८२ शुक्रबार | Sat Dec 6 2025

एलईभी ०१ क्रसओभर इलेक्ट्रिक एसयूभी दुई भेरियन्टमा सार्वजनिक




काठमाडौं–एलएस अटोको नेपालका लागि आधिकारिक बिक्रेता नेक्सन भेन्चर प्रालिले औपचारिक रूपमा एलईभी ०१ क्रसओभर इलेक्ट्रिक एसयूभी दुई भेरियन्टको सार्वजनिक गरेको हो ।


स्ट्यान्डर्ड र कम्फर्ट गरी दुई भेरिएन्टमा एलईभी ०१ का गाडी कम्पनीले ल्याएको हो । ६७.१२ किलोवाट आवरको ब्याट्री प्याक भएको एलईभी ०१ मा ९९ किलोवाटको फ्रन्ट ह्विल ड्राइभ मोटर रहेको छ ।

यो मोटरले ३०० एनएमको टर्क उत्पन्न गर्छ । एलईभी ०१ मा नेपालको बाटो सुहाउँदो २१० एमएमको ग्राउण्ड क्लियरेन्स रहेको कम्पनीको दावी छ ।

यसको ब्याट्री प्याक र ग्राउण्डबीचको दूरी २२१ एमएम रहेको छ । एलएस अटो एलईभी ०१ मा एसभोल्टको हनिकम्ब आर्किटेक्चरमा डिजाइन गरिएको लिथियम आइरन फस्फेट ब्याट्री प्याक जडान गरिएको छ ।

यो ईभीले एक पटकको फुल चार्जमा ५०० किलोमिटर सम्मको रेन्ज दिन्छ । प्रिमियम डिजाइन रहेको एलईभी ०१ मा होरिजन्टल डीआरएल, भर्टिकल हेडलाइट सेटअप रहेको छ भने पछाडि सस्पेन्डेड टेललाइट डिजाइन रहेको कम्पनीले जनाएको छ ।
यस्तै, सुरक्षाका लागि यो ईभीमा १० वटा एयरब्याग, एबीएस, ईबीडी, ईपीएस, ट्र्याक्सन कन्ट्रोल, इलेक्ट्रोनिक स्टेबिलिटी कन्ट्रोल, क्रूज कन्ट्रोल, अटो होल्ड, हिल असिस्ट कन्ट्रोल आदि सुविधाहरू पनि दिइएको छ । स्ट्यान्डर्ड एडिसनको मूल्य ६१ लाख ९५ हजार तथा कम्फर्ट एडिसनको मूल्य ६९ लाख ९५ हजार रुपैयाँ कम्पनीले निर्धारण गरेको छ ।

देशव्यापी रूपमा चार्जिङ स्टेशन समेत विस्तार गर्ने योजना बनाएको कम्पनीले काठमाडौ बालुवाटार स्थित चिनियाँ दूतावास नजिकै शोरुम सञ्चालन गरिसकेको छ । अर्को साता भित्र ललितपुरको बालकुमारीबाट पनि शोरूम सञ्चालन गर्ने योजना रहेको कम्पनीले जनाएको छ ।

  :