मंसिर २०, २०८२ शुक्रबार | Sat Dec 6 2025

नेपाली बजारमा लिपमोटर टी ०३, मूल्य २८ लाख ९९ हजार




काठमाडौं– लिपमोटरको नेपालका लागि आधिकारिक बिक्रेता सांग्रिला मोटर्सले लिपमोटरको नयाँ ईभी टी ०३ गाडी सार्वजनिक गरेको छ ।

यसको मूल्य २८ लाख ९९ हजार रुपैयाँ तोकिएको छ। सो ईभी सार्वजनिक कार्यक्रममा अवसरमा बोल्दै सांग्रिला मोटर्सका प्रबन्ध निर्देशक हेमन्त गोल्छाले कम्पनीको नेपालमा नवीनतम् र दिगो विश्वस्तरिय सवारी ल्याउने प्रतिबद्धतालाई निरन्तरता दिन पाएकोमा खुसी व्यक्त गरे ।

सो अवसरमा नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान र लिपमोटर तथा सिट्रोनका ब्रान्ड एम्बेसडर रोहित पौडेलको पनि उपस्थिति रहेको थियो ।

लिपमोटर टी०३ मा ३७.३ किलोवाट आवर ब्याट्री रहेको छ । यसले फुल चार्जमा ३९५ किलोमिटर रेन्ज प्रदान गर्ने कम्पनीले जनाएको छ। यसमा ७० किलोवाट क्षमताको मोटर उपलब्ध छ ।

कम्पनीले यसअघि लिपमोटरको सी १० एसयूभी नेपाली बजारमा भित्र्याएको थियो।

  :