फाल्गुन २८, २०८२ बिहीबार | Thu Mar 12 2026

बीवाईडीको सबैभन्दा सस्तो कार काठमाडौंमा, चाँडै नै बिक्री शुरु हुने




काठमाडौं– बीवाइडीको सबैभन्दा सस्तो ह्याचब्याक सिगल गाडी नक्साल शोरुममा देखिएको छ। बीवाइडीको नेपालका लागि आधिकारिक बिक्रेता साइमेक्स इंकले उक्त गाडी टेष्ट क्रममा नक्साल शोरुममा राखेको हो। निकट भविष्यमा नै यस कारको बिक्री शुरु हुने बताइएको छ ।

गाडी अहिले लेफ्ट ह्यान्ड ड्राइभमा आएको छ। नेपालमा राइट ह्यान्ड ड्राइभ प्याटर्न मात्रै चल्ने भएकाले उक्त मोडल उत्पादनपछि नेपालमा आउने छ। यो ह्याचब्याकमा ३० किलोवाट आवर क्षमताको ब्याट्री छ। जसलाई पावर दिन ५५ किलोवाट क्षमताको इलेक्ट्रिक मोटर हुनेछ। ब्याट्री एक पटकको फुल चार्ज हुँदा गाडी ३०५ किलोमिटर चलाउन सकिने कम्पनीले जनाएको छ।

यस्तै, यसमा अर्को ब्याट्री विकल्पमा पनि उपलब्ध हुने छ। जसमा ३८ किलोवाट आवर क्षमताको ब्याट्रीले एक पटकको फुल चार्जमा ४०५ किलोमिटर रेन्ज प्रदान गर्ने कम्पनीले जनाएको छ।

  :