फाल्गुन २८, २०८२ बिहीबार | Fri Mar 13 2026

बीरगञ्जमा टाटाका तीन ईभी एकसाथ सार्वजनिक




काठमाडौं–टाटा मोटर्सको नेपालका लागि आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले वीरगंजमा टाटाको कर्भ ईभी, नेक्सन के–थ्री र टाटा सफारी एकसाथ सार्वजनिक गरेको छ।

वीरगंजस्थित प्राइम मोटर्सको शोरुममा भएको गाडी सार्वजनिक कार्यक्रममा मधेश प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री जनार्दन सिंह क्षत्री, सिप्रदी ट्रेडिङका प्यासेन्जर भेहिकल बिजनेस युनिटका प्रमुख सावन्तजंग सिजापति, टाटा मोटर्सको नेपालका कन्ट्री म्यानेजर प्रसन्न रंगनाथान लगायतको उपस्थिति रहेको थियो ।

मन्त्री क्षेत्रीले सिप्रदीको सर्भिस सुविधा देखेर आफू अत्यन्तै प्रभावित भएको बताए ।
टाटा मोटर्सको लागि नेपालका कन्ट्री म्यानेजर प्रसन्न रंगनाथानले कर्भ ईभीमा सिंगल चार्जमै लामो दुरीको यात्रा – काठमाडौँ, भारतको पटना, मुजफरपुर सजिलै आवतजावत गर्न सकिने बताए ।

सिप्रदी ट्रेडिङका प्यासेन्जर भेहिकल बिजनेस युनिटका प्रमुख सिजापतिले वीरगंजका ग्राहकले आफ्नो बजेट र इच्छा अनुसार सबै सेगमेन्टमा टाटाका गाडी खरिद गर्न सक्ने बताए।

ग्राहकले लन्च गरिएका गाडी टेस्ट ड्राइभ गर्न सक्ने कम्पनीले जनाएको छ। कम्पनीले यसअघि जनकपुरमा तीनवटा गाडी सार्वजनिक गरेको थियो।

  :