काठमाडौं– नेपालका लागि टाटा मोटर्सको आधिकारिक वितरक सिप्रदी ट्रेडिङले टाटा योद्धा १.५ टी सार्वजनिक गरेको छ । एक विशेष समारोहका बीच टाटा मोटर्सका सीभीआई हेड असिफ शमिम तथा सिप्रदीका सीईओ राजनबाबु श्रेष्ठलगायतको उपस्थितिमा उक्त गाडी सार्वजनिक गरिएको हो ।
टाटा योद्धा १.५ टी कठिन भूभागमा उत्कृष्ट प्रदर्शन, उच्च भार वहन क्षमता, शक्तिशाली इन्जिन र कम सञ्चालन खर्चसहित व्यावसायिक प्रयोजनका लागि उपयुक्त पिकअप भएको कम्पनीले जनाएको छ । टाटा मोटर्सको भरपर्दो प्रविधि, उच्च ग्राउन्ड क्लियरेन्स तथा आरामदायी ड्राइभिङ जस्ता विशेषताहरूले यो गाडीलाई बजारमा छुट्टै पहिचान दिलाएको छ ।
नेपालका व्यवसायीहरूको बढ्दो मागलाई ध्यानमा राख्दै टाटा योद्धा १.५टी कृषि, ढुवानी, निर्माण तथा अन्य व्यावसायिक प्रयोजनका लागि उत्कृष्ट विकल्प बन्ने कम्पनीले जानकारी दिएको छ ।
कार्यक्रममा बोल्दै टाटा मोटर्सका सीभीआईबी हेड असिफ शमिमले नेपालमा नयाँ योद्धा १.५ टन नवीनता, टिकाउपन र ग्राहक सन्तुष्टिको प्रतिबद्धतासहित आएको बताए । यो गाडीले नेपाली ग्राहकहरूको अपेक्षा पूरा गर्नेछ र उनीहरूको व्यवसायमा उन्नति र सफलता बढाउन मद्दत गर्ने उनको भनाई छ ।
सिप्रदी ट्रेडिङ प्रालिका सीईओ राजन बाबु श्रेष्ठले नेपालमा टाटा पिकअपहरूले निरन्तर बजारमा अग्रस्थान ओगट्दै आएको र नयाँ योद्धा १.५टीको आगमनले व्यावसायिक ग्राहकहरूलाई अझ बढी फाइदा दिने बताए । सो अवसरमा टाटा योद्धाका पुराना ग्राहकहरूलाई विशेष सम्मान प्रदान गरिएको थियो ।
प्रतिक्रिया