काठमाडौं– बिद्युतीय स्कूटर एथरले चैत्र ५ गते किबु अपार्टमेन्ट, फूलबारी, बौद्धमा पहिलो टेस्ट राइड जोन सञ्चालन गर्ने भएको छ । परम्परागत बौद्ध पूजासहित टेस्ट राइड जोनको उदघाटन गरिने कम्पनीले जनाएको छ ।
टेस्ट राइड जोनको सुरुवातसँगै एथरले २० हजार रुपैयाँसम्मको क्यासब्याक र शून्य ब्याजदरमा ईएमआई अफर पनि दिने भएको छ । यो अफर सीमित अवधिको लागि मात्र हुनेछ ।
नेपालमा आफ्नो सुरुवातदेखि नै एथरले अत्याधुनिक प्रविधि, उत्कृष्ट प्रदर्शन र ग्राहकहरूको विश्वासका साथ ईभी बजारलाई पुनः परिभाषित गर्दै आएको छ ।
हाल काठमाडौं, ललितपुर, भक्तपुर, चितवन, पोखरा, र बुटवलमा गरी ६ वटा एक्सपेरियन्स सेन्टर सञ्चालनमा छन् ।
साथै एथरले काठमाडौं, भक्तपुर र चितवनमा तीनवटा सर्भिस सेन्टर सञ्चालन गरिसकेको छ भने चाँडै नै पोखरामा चौथो सर्भिस सेन्टर खुला गराउन लागेको छ। एथरले नेपालभरका प्रमुख स्थानहरूमा २० वटा फास्ट चार्जिङ स्टेसनहरू स्थापना गरिसकेको जनाएको छ ।
प्रतिक्रिया