चैत्र २५, २०८१ सोमबार | Mon Apr 7 2025

चैत १४ देखि १७ सम्म पोखरामा नाडा प्रेजेन्टस वाडा अटा शो २०२५ हुने




काठमाडौं– पश्चिमाञ्चल अटोमोबाइल्स डिलर्स एसोसियसनले पहिलो पटक पोखरामा नाडा प्रेजेन्टस वाडा अटो शो २०२५ हुने भएको छ । यही चैत १४ देखि १७ गतेसम्म अमरसिंह माविको मैदानमा उक्त अटो शो हुनेछ ।

कार्यक्रमको गण्डकी प्रदेश सरकार तथा पोखरा महानगरपालिका प्रवर्द्धक छन् भने पोखरा उद्योग वाणिज्य संघ, युनाइटेड क्लब पोखरा सहयोगी छन् ।

प्रदर्शनीको टिकटिङ पार्टनरमा खल्ती एप, इन्टरनेट पार्टनरमा पोखरा इन्टरनेट, फायर सेफ्टी सपोर्टमा हिटको प्रा।लि।, अफिसियल इन्सुरेन्समा सगरमाथा लुम्बिनी इन्सुरेन्स (सलिको), ट्राभल पार्टनरमा स्वीफ्ट होलिडेज, हस्पिटालिटी पार्टनरमा होटल शारा, हस्पिटल पार्टनरमा नेपाल मनिपाल कलेज अफ मेडिकल साइनस (मनिपाल हस्पिटल), इन्सुरेन्स पार्टनरमा नेपाल इन्सुरेन्स लि. रहेको छ । प्रदर्शनीको व्यवस्थापन ग्लोबल एक्सपोजिसन एण्ड म्यानेजमेन्ट सर्भिसेज (जेम्स)ले गरिरहेको छ ।

यो अटो शोमा १९ वटा ब्रान्डका चारपांग्रे, ६ वटा ब्रान्डका लाइट कमर्सियल, सातवटा ब्रान्डका दुईपांग्रेलगायत लुब्रिकेन्ट, टायर, ग्यारेज उपकरण, अन्य एसोसेरिजहरू तथा वित्तीय संस्थाहरूका २० वटा स्टलहरू रहने छ ।

प्रदर्शनीको अवलोकन गर्न आउने ३०० जना दर्शकले बन्दीपुर केबलकारको टिकट पाउनेछन् । चारदिनसम्म चल्ने अटो शोलाई ३५ हजार आगन्तुकहरूले अवलोकन आयोजकको भनाइ छ ।

  :