काठमाडौं– लुयानको नेपालका लागि एकमात्र आधिकारिक वितरक जिरो इमिसन राइड एनले लुयानको एमएनके ३ स्कुटरको को अपग्रेडेड भर्सन सार्वजनिक गरेको छ ।
७२ भोल्ट ३८ एएच ग्राफिन ब्याट्री भेरियन्टको मूल्य १ लाख ९२ हजार ६ सय र ७२ भोल्ट ४० एएच लिथियम–आयन ब्याट्री भेरियन्टको मूल्य २ लाख ३७ हजार ६ सय नै कायम गरिएको कम्पनीले जनाएको छ । यसलाई नेपालका विविध सडक अवस्थाहरू, जस्तै असमान भूभाग, खाल्डाखुल्डी र स्पिड ब्रेकरहरूमा अझ सजिलो बनाउने विश्वास कम्पनीको छ ।
यो स्कुटरले एकपटकको फुल चार्जमा अधिकतम् १२० किमीको रेन्ज प्रदान गर्ने दाबी गरिएको छ ।
एमएनके ३ मा अगाडि र पछाडि १२ इन्चका टायरहरू तथा डबल डिस्क ब्रेकहरू छन्, जसले यसको प्रीमियम फील र परफरर्मेन्सलाई अझ बढाएको छ ।
नेपालमा लुयान काइलेक्ट्रिक स्कुटरहरू उच्च गुणस्तर र आधुनिक विशेषताका लागि चिनिन्छन् । एमएनके ३ मा रिजनरेटिभ ब्रेकिङ सिस्टम, कम्बाइन्ड ब्रेकिङ सिस्टम, फराकिलो लेगरूम, र आकर्षक डिजाइन जस्ता विशेषताहरू छन् ।
प्रतिक्रिया