बैशाख १३, २०८२ शनिबार | Sun Apr 27 2025

२० प्रतिशत डाउन पेमेन्टमा दिपलका ईभी



काठमाडौं– चांगनको नेपालका लागि आधिकारिक बिक्रेता एमएडब्लु वृद्धि अटोकर्पले दिपल ईभी बिक्रीमा डाउन पेमेन्ट योजना घोषणा गरेको छ । यो योजना चैत ८ गतेदेखि १५ दिनका लागि लागू हुने पनि कम्पनीले जनाएको छ ।

यस योजनाअन्तर्गत अब दिपलका ईभीहरु २० प्रतिशत डाउन पेमेन्टमा खरिद गर्न सकिने कम्पनीले जनाएको छ । दिपलका प्रिमियम ईभीहरु एल०७ लाई मात्र १३ लाख ९९ हजार रुपैयाँ, एस०७ १४ लाख ९९ हजार रुपैयाँ र एस०७एल मात्र १६ लाख ९९ हजार रुपैयाँ डाउन पेमेन्ट गरेर ग्राहकहरुले खरिद गर्न सक्ने छन् ।

यससँगै ग्राहकले फ्लटिङ बेसिसमा ८.९९ प्रतिशत ब्याजदरमा ७ वर्षको सवारी कर्जाको उपभोग गर्न पाउने कम्पनीले जनाएको छ । ग्राहकका लागि फाइनान्सिङ पार्टनर एमएडब्लु हायर एन्ड पर्चेजमार्फत दुई दिनमै सवारी कर्जा पास गर्ने व्यवस्था गरिएको एमएडब्लु वृद्धिले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

यो योजना काठमाडौंको नक्सालस्थित मुख्य सोरुमसँगै देशभरका डिलरहरुमा समेत लागू हुने जनाइएको छ। कम्पनीले ग्राहकलाई ७ किलोवाट र ३ किलोवाटको चार्जर, अटो प्लस इन्स्योरेन्स, रोड ट्याक्स र अन्य एसेसरिजहरु गरी दुई लाख रुपैयाँसम्मको थप सुविधाको पनि व्यवस्था गरेको छ।

आफ्नो कटिङ एड्ज डिजाइन, फ्युचरिस्टिक टेक्नोलोजी र अतुलानीय ड्राइभिङ एक्सपिरियन्सका कारण नेपालमा सार्वजनिक भएको छोटो समयमै दिपलले आफूलाई स्टाइल र स्टेटस सिम्बोलका रुपमा स्थापित गरेको भन्दै कम्पनीले हालसम्म नेपालमा आठ सयभन्दा बढी दिपल ईभी ग्राहकहरुलाई डेलिभरी भइसकेको पनि जनाएको छ ।

  :