काठमाडौं– ओमोडा÷जेकोको नेपालका लागि आधिकारिक बिक्रेता एसपीजी अटोमोवाइलले पहिलो वर्षको सफलता साट्न भन्दै विशेष स्कीम सञ्चालन गरेको छ ।
स्कीम अनुसार कम्पनीले ओमोडा÷जेकोको विद्युतीय कार खरिदमा ५ लाख १५ हजार रुपैयाँसम्म छुट दिने घोषणा गरेको हो । यो स्कीम एक सातासम्म सञ्चालन हुने कम्पनीले जनाएको छ ।
ओमोडा/जेको ब्राण्डमा ओमोडा ई ५ र जेको जे ६ गरि २ एसयूभी बजारमा उपलब्ध छ । यसको आयात कम्पनीले ८०० युनिट माथि गरिसकेको छ । यी दुई एसयूभीको ५६ लाखदेखि ७० लाख रुपैयाँसम्म मूल्य पर्छ ।
कम्पनीका अनुसार ओमोडा÷जेकोका ईभी किन्ने ग्राहकले ३ लाख रुपैयाँ अनिवार्य नगद छुट पाउने छन् । त्यसको अलावा २ लाख १५ हजार रुपैयाँ बराबरको अन्य सुविधा पाउने छन् । जसमा एक वर्षको फुल इन्स्योरेन्स, एक्सचेन्ज बोनस, ७ किलोवाटको वाल चार्जर, एक वर्षको वार्षिक कर प्रदान गर्नेछ । कम्पनीले आफ्ना दुबै मोडलमा ८ वर्ष वा १ लाख ६० हजार किलोमिटरसम्म ब्याट्री र मोटरमा वारेन्टी प्रदान गर्ने जनाएको छ ।
प्रतिक्रिया