काठमाडौं– मेड इन नेपाल हुण्डाई क्रेटाको इलेक्ट्रिक भर्सन नेपालमा सार्वजनिक भएको छ । यसको मूल्य पनि पहिले उपलब्ध क्रेटाको तुलनामा ९ लाख रुपैयाँ कम निर्धारण गरिएको छ ।
हुन्डाईको नेपालका लागि आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले आयात गरेर सन् २०२५ मोडलको क्रेटा बिक्री गर्दै आएको थियो । विभिन्न ४ भेरियन्टमा उपलब्ध हुन्डाई क्रेटाको मूल्य क्रमशः ५१ लाख ९६ हजार, ५४ लाख ९६ हजार, ५६ लाख ९६ हजार, ५९ लाख ९६ हजार रुपैयाँ तोकिएको छ ।
गाडीमा डिजिटल की फिचर छ जसले स्मार्टफोन र स्मार्टवाचबाट गाडी चलाउन सकिन्छ। यस्तै भेहिकल टू लोड (भी २ एल) सुविधा उपलब्ध छ जसबाट गाडीमा भएको चार्जिङबाट अन्य उपकरण चार्ज गर्न सकिन्छ।
सेफ्टीका लागि ६ वटा एयरब्याग र इलेक्ट्रोनिक स्टेबिलिटी कन्ट्रोल सुविधा छ। क्रेटा इभीमा दुई प्रकारका ब्याट्री प्याक अप्सन छन्। जसले ३९० किलोमिटरदेखि ४७० किलोमिटरसम्म रेन्ज दिन्छ।
गाडीमा ४२ किलोवाट आवर र ५१।४ किलोवाट आवर क्षमताका ब्याट्री प्याक उपलब्ध छन्। ब्याट्री डीसी फास्ट चार्जिङबाट ५८ मिनेटमै १० देखि ८० प्रतिशतसम्म चार्ज गर्न सकिन्छ।
प्रतिक्रिया