काठमाडौं–चिनियाँ ईभी निर्माण कम्पनी बीवाइडीले सिलाइन–०५ सार्वजनिक गरेको छ । कम्पनीले यसको १६ हजार २४० अमेरिकी डलर मूल्य निर्धारण गरेर यसको चीनमा बिक्री सुरु गरेको हो ।
ई–प्लेटफर्म ३.० ईभो आर्किटेक्चरमा तयार पारिएको सिलायन ०५ एक कम्प्याक्ट क्रसओभर ईभी हो । जसको लम्बाई ४५२० एमएम, चौडाई १८६० एमएम र उचाई १६३० एमएम तथा ह्विलवेश २७२० एमएम छ ।
बीवाइडीले यसलाई माइनस ६ डिग्री चिसो र ५० डिग्री तातो बनाउन सक्ने स्टोरेज बक्स दिएको छ । यसले एउटा पर्फेक्ट फ्रिजको काम गर्नेछ । ५ मिलिमिटर वेभ राडार, १२ अल्ट्रासोनिक सेन्सर, १२ क्यममेरा अटोपाइलट जस्ता फिचर यस ईभीमा छन् ।
सिलायन-०५ लाई कम्पनीले दुई मोटर र दुई ब्याट्री अप्सनमा उपलब्ध गराएको छ । कम्पनीले यसलाई ५० र ६१ किलोवाट आवरको दुई ब्याट्री दिएको हो । सानो ५० किलोवाटको ब्याट्रीसँग १४० किलोवाटको मोटर छ भने ठूलो ब्याट्रीसँग १६० किलोवाटको मोटर छ । यसको सानो ब्याट्रीले ३२० र ठूलो ब्याट्रीले ४०० किलोमिटर आसपास रेन्ज दिने कम्पनीले जनाएको छ ।
प्रतिक्रिया