चैत्र २६, २०८१ मंगलबार | Wed Apr 9 2025

लिपमोटर टी ०३ को डेलिभरी बुधबारदेखि



काठमाडौं– लिपमोटरको नेपालका लागि आधिकारिक बिक्रेता साङ्ग्रिला मोटर्सले लिपमोटर टी०३ नयाँ ईभीलाई बुुधबारदेखि औपचारिक रूपमा डेलिभरी गर्ने भएको छ ।


अत्यधिक मात्रामा बुकिङ प्राप्त गरेसंगै लिपमोटर टी०३ मुलुकको विद्युतीय गतिशीलताको भविष्यलाई अघि बढाउँदै नेपाली सडकमा गुड्न तयार रहेको कम्पनीको जनाएको छ । स्मार्ट प्रविधि, प्रभावशाली रेन्ज, र उचित मूल्यका साथ, टी०३ ले शहरी इभी ड्राइभिङलाई नयाँ परिभाषा दिने विश्वास कम्पनीले लिएको छ ।

२८ लाख ९९ हजारदेखि सुरू हुने लिपमोटर टी०३ मा ३७.३ किलोवाट आवरको ब्याट्री प्याक रहेको छ । यस ईभीको रेन्ज ३९५ किमी रहेको डब्लुएलटिएले प्रमाणित गरेको छ ।

साङ्ग्रिला मोटर्सका प्रबन्ध निर्देशक हेमन्त गोल्छाले भने– हामी हाम्रा ग्राहकहरूलाई लिपमोटर टी०३ प्रदान गर्न उत्साहित छौ । यो इभी कम्प्याक्ट आधुनिक फिचरले भरिएको छ।

  :