काठमाडौं– चांगन अन्तर्गतको ईभी ब्रान्ड दिपल नेपाल भित्रिएको १ वर्ष पुरा भएको छ । दिपलको नेपालका लागि आधिकारिक वितरक एमएडब्लु बृद्धि अटोकर्पले गत वर्षको मार्च ३१ तारिखमा औपचारिक रुपमा सार्वजनिक गरेको थियो । कम्पनीले दिपलको पहिलो मोडल एस०७ ल्याएर बिक्री थालेको हो ।
नेपाल भित्रिएको १ वर्ष अबधिमा दिपलले ८०० बढी युनिट बिक्री गर्न सफल भएको कम्पनीले जनाएको छ । दिपलसंग हाल तीनवटा मोडल उपलब्ध रहेपनि सबैभन्दा बढि लोकप्रिय सर्बाधिक लोकप्रिय मोडलका रुपमा एस०७ परिचित छ । सुरुवाती मूल्य ७१ लाख ९९ हजार रुपैयाँ तोकेर बिक्री थालेको एस०७ को मूल्य केही महिनापछि ३ लाख रुपैँया बढेर ७४ लाख ९९ हजार पुगेको थियो । पछि कम्पनीले यसको लङ रेन्ज भेरिएन्ट एस०७ एल नेपाल ल्याएको थियो । मोटर र ब्याट्री दुबै बढेर आएको लङ रेन्ज भेरिएन्टलाई कम्पनीले ८४ लाख ९९ हजार रुपैयाँमा बिक्री गर्दै आएको छ ।
कम्पनीले ल्याएको सेडान ईभी एल०७ को मूल्य ६९ लाख ९९ हजार रुपैयाँ छ भने दुई भेरिएन्टमा आएको ई०७ को रियर ह्विल ड्राइभलाई ९९ लाख ९९ हजार र अल ह्विल ड्राइभलाई १ करोड ९९ लाख रुपैयाँ तोकिएको छ ।
प्रतिक्रिया