फाल्गुन २८, २०८२ बिहीबार | Fri Mar 13 2026

१४ लाख ९९ हजार रुपैयाँ डाउन पेमेन्टमै एक्सपेङ जी६



काठमाडौैं– एक्सपेङको नेपालका लागि आधिकारिक वितरक सीजी मोटर्सले आफ्ना ग्राहकहरुका लागि १४ लाख ९९ हजार रुपैयाँ डाउन पेमेन्टमै भविष्यलाई लक्षित गर्दै डिजाइन गरिएको एक्सपेङ जी६ घर लैजान पाउने गरी विशेष अफर ल्याएको छ ।

यस विशेष अफरमा ४८ घण्टाभित्र ऋण प्रक्रिया सम्पन्न हुने र ७ वर्षसम्मको ऋण अवधि तथा ६.५५ प्रतिशत ब्याजदर सुविधाले एक्सपेङ खरिद गर्न सहज बनाइएको कम्पनीले जनाएको छ।

यस अफरमा आकर्षक एक्सचेन्ज बोनस, नगद छुट, निःशुल्क एसेसरिजहरू, ७ किलोवाट चार्जर, १ वर्षको रोड ट्याक्स कभरेज र निःशुल्क बीमा समेत समावेश रहेको कम्पनीले जनाएको छ ।

फाइभ स्टार एनक्याप सुरक्षा रेटिङ प्राप्त एक्सपेङ जी६ स्वचालित ड्राइभिङ प्रविधि, १९० किलोवाट मोटर छ । यसले ४४० एनएम टर्क र ४३५ किलोमिटर रेन्ज दिने कम्पनीको दावी छ ।

  :