काठमाडौं– सिजी मोटर्सले नेपाल भित्र्याएको इलेक्ट्रिक पिकअप रिडाराले मनाङ पुग्ने गौरव प्राप्त गरेको छ ।
एनवाई्इएफ मोटर र्यालीमा काठमाडौंबाट निस्केको रिडारा आरडीसिक्स ईभी यात्राको क्रममा लमजुङको बेसीशहरमा एकपटक मात्र चार्ज गरी मनाङ पुगेको कम्पनीले जनाएको छ । रिडाराले ३५१९ मिटरको उच्चता, साँघुरा घुम्तीहरु, पथरिला उकालाहरु र चिसो हावापानीले चुनौंतीपूर्ण मनाङ मार्गमा आफ्नो क्षमताको उत्कृष्ट प्रमाण दिएको कम्पनीले जनाएको छ ।
कम्पनीले भनेको छ– यस्तो उचाईमा इञ्जिन पर्फर्मेन्समा असर पर्ने भए पनि रिडारा आरडीसिक्सले न पावर गुमायो न त सन्तुलन । यो सफलताले ईभी प्रयोगकर्ताहरुका लागि सुखद सन्देश दिएको पनि सिजी मोटर्सले जनाएको छ ।
प्रतिक्रिया