बैशाख ११, २०८२ बिहीबार | Thu Apr 24 2025

नयाँ बर्षको अवसरमा सेरेस नामी ईभी किन्दा एमएडब्ल्यू वृद्धिको विशेष अफर




काठमाडौं– नेपालमा सेरेस र नामी इलेक्ट्रिक गाडीको आधिकारिक वितरक एमएडब्ल्यू वृद्धिले ५ अप्रिलदेखि १२ अप्रिलसम्मका नयाँ बर्षको विशेष अफर घोषणा गरेको छ ।

विशेष अफर अन्तर्गत सेरेस र नामी ईभी खरिद गर्ने ग्राहकहरुलाई कम्पनीले विभिन्न सुविधाहरु दिने जनाएको छ ।

कम्पनीले २१ चैतदेखि २३ चैतसम्म चितवनमा एक्सचेन्ज र टेस्ट ड्राइभ क्याम्पको सञ्चालन गरेको छ । भरतपुरस्थित सीएमटी रिसोर्टमा भईरहेको कार्यक्रममा ग्राहकहरूलाई विद्युतीय गतिशीलतामा भएका नवीनतम प्रगतिहरूबारे बुझ्ने रोमाञ्चक अवसर प्रदान गरेको कम्पनीले जनाएको छ। कम्पनीका अनुसार कार्यक्रम अवधिभर सेरेस र नामी ईभी खरिद गर्ने ग्राहकहरूले निःशुल्क ७ किलोवाट चार्जर प्राप्त गरेका थिए ।

ग्राहकहरूलाई थप लाभ स्वरूप एमएडब्ल्यू वृद्धिले नामी र सेरेस खरिद गरी विद्युतीय गतिशीलताको अर्को पुस्तामा स्तरोन्नति गर्ने ग्राहकहरूलाई असाधारण विनिमय मूल्य र विशेष बोनसहरू पनि प्रदान गरेको कम्पनीले जनाएको छ ।

  :