बैशाख ३, २०८२ बुधबार | Wed Apr 16 2025

स्काइवेल किन्दा युरोप भ्रमणको अवसर




काठमाडौं– नेपाली बजारमा उपलब्ध लक्जरी एसयूभी स्काइवेलका ईभी खरिद गर्ने ग्राहकहरुलाई नेपालका लागि स्काइवेलको आधिकारिक बिक्रेता जी मोटर्सले युरोप भ्रमणमा लैजाने भएको छ । कम्पनीले ‘‘स्काइवेल ड्राइभ–२०२५, नेपाल टु युरोप’ क्याम्पेनमा यस्तो अवसर दिएको हो ।

कम्पनीका अनुसार यस क्याम्पेनमा सहभागी भई स्काइवेल विई ११ र स्काइवेल ईटी ५ खरिद गर्दा खरिदकर्ता जोडीले युरोप भ्रमणको अवसर पाउने छन् ।

सन् २०२५ मोडेलको जुनसुकै भेरियन्ट टेष्ट ड्राइभ गर्ने ग्राहक पनि यो योजनामा सहभागी हुन सक्ने कम्पनीले जनाएको छ ।
अत्यन्त आरामदायी, सुरक्षित र सोलिड स्ट्रक्चरमा बनेको स्काईवेल नेपालमा उपलब्ध एक रियल इभी एसयुभी हो ।

काठमाडौंबाट नेपालको कुनै पनि गन्तब्यमा सिंगल चार्जमा सजिलै पुग्न साकने स्काईवेलले दिने ६२० किलो मिटरको रेन्जले स्काईवेललाई युरोपेली सडकमा समेत लोकप्रिय बनाउन सफल भएको हो । यसरी टेष्ट ड्राइभमा सहभागी हुने ग्राहक मध्ये २ जना विजेताले ९१ महिला र १ पुरुष टेष्ट ड्राइभ समेत युरोप भ्रमणको अवसर पाउने छन् । साथै, युरोपमै स्काइवेल ड्राइभको मौका समेत पाउने छन् ।

स्काइवेल युरोपियन बजारमा लोकप्रिय ब्राण्ड हो । स्काइवेल चीनमा निर्मित ईभीमा ईयू सर्टिफिकेशन पाउने पहिलो प्रडक्ट समेत हो ।

युरोपेली सुरक्षा मापदण्ड अनुसार बनेको स्काइवेल विई ११ ले सीएनक्याप क्र्यास टेष्टमा फाइभ स्टार सेफ्टी रेटिङ पाएको छ । यसले एकपटकमा ४१० किलोमिटर रेन्ज दिने कम्पनीको दाबी छ । यसको मूल्य ७९ लाख ९० हजार रुपैयाँ र ५२० किमी रेन्ज दिन विई ११ को मूल्य ८९ लाख ९० हजार रुपैयाँ छ ।

नेपालमा स्काइवेलका गाडीहरू नक्साल, राधेराधे, विराटनगर, इटहरी, चितवन र पोखराबाट बिक्री हुँदै आएका छन् भने भक्तपुरको राधेराधे र इटहरीमा अत्याधुनिक सर्भिस सेन्टर संचालनमा छन् ।

  :