बैशाख ४, २०८२ बिहीबार | Fri Apr 18 2025

याडिया इलेक्ट्रिक स्कूटरका सबै मोडलहरुमा १० हजार छूट



काठमाडौं– याडिया इलेक्ट्रिक स्कुटरको नेपालका लागि आधिकारिक वितरक कुजु नेपाल प्रालिले नयाँ वर्ष २०८२ को अवसरमा आफ्ना सबै मोडलहरुमा विशेष छुट अफर घोषणा गरेको छ।

चाडपर्वलाई थप रोमाञ्चक बनाउन कम्पनीले आफ्ना सबै मोडलहरूमा १० हजार रुपैयाँ बराबरको नगद छुट दिने घोषणा गरेको हो ।

नेपाली बजारमा उपलब्ध याडियाका तीन मोडल मध्ये याडिया जी६ को मूल्य २ लाख ६० हजार रुपैयाँ छ । अब नयाँ वर्षको अफर अन्तर्गत सो स्कुटर २ लाख ५० हजार रुपैयाँमा उपलब्ध हुनेछ ।

त्यसैगरी याडिया ई८एस इपोकको मूल्य २ लाख ३५ हजार रहेको छ र अब यसको मूल्य २ लाख २५ हजार रुपैयाँ हुनेछ भने याडिया एम६एलको मूल्य १ लाख ७५ हजार रहेकोमा अब यसको मूल्य १ लाख ६५ हजार रुपैयाँ हुनेछ ।

याडिया स्कुटरहरू आधुनिक डिजाइन, बलियो प्रदर्शन र वातावरणमैत्री प्रविधिको लागि परिचित छन्, जुन आजको शहरी यात्रुका लागि उत्तम रोजाइ बन्न पुगेको कम्पनीले जनाएको छ । यो अफर सीमित अवधिको लागि मात्र भएको पनि कम्पनीले जानकारी दिएको छ ।

  :