बैशाख ४, २०८२ बिहीबार | Fri Apr 18 2025

एमजी एस५ बुटवल र भैरहवामा सार्वजनिक, टेस्ट ड्राइभ र बुकिङ खुला



काठमाडौं– एमजीको बुटवलका लागि आधिकारिक विक्रेता वरुण मोटर्स र भैरहवामा थ्री एचएल कम्पनीमार्फत एमजी एस ५ नयाँ विद्युतीय एसयूभी बुटवल र भैरहवामा सार्वजनिक भएको हो ।


एमजी एस५ सार्वजनिक भएसँगै बुटवल र भैरहवा क्षेत्रमा उक्त एसयूभीको टेस्ट ड्राइभ तथा बुकिङ समेत खुला गरिएको कम्पनीले जनाएको छ । एमजी गाडीको नेपालका लागि आधिकारिक वितरक पारामाउन्ट मोटर्सले नयाँ ईभी एस५ लाई हालै सार्वजनिक गरेको थियो ।

तीन भेरिएन्टमा उपलब्ध एमजी एस५ को मूल्य ४३ लाख ९९ हजार, ४९ लाख ९९ हजार र ५४ लाख ९९ हजार रुपैयाँ निर्धारण गरिएको छ । यसमा विश्वकै सबैभन्दा पातलो अल्ट्रा थिन ब्याट्री प्रयोग गरिएको छ । इन्ट्री लेभल मोडलमा ४९.१ किलोवाट आवरको लिथियम आइरन फस्फेट (एलएफपी) ब्याट्री प्रयोग गरिएको छ, जसले सिंगल चार्जमा ३४० किलोमिटर डब्लुएलटीपी रेन्ज दिनेछ। त्यसैगरी अर्को भेरिएन्टमा ६२.२ किलोवाट आवरको ब्याट्री छ, जसले सिंगल चार्जमा ४३० किलोमिटरको रेन्ज दिने कम्पनीले जनाएको छ ।

  :