फाल्गुन २८, २०८२ बिहीबार | Fri Mar 13 2026

ब्रम्बी ईभीमा भारी छूट, २३ लाख पर्ने कार अब २० लाखमै



काठमाडौं–बीएडब्लु ब्रान्डको नेपालका लागि आधिकारिक वितरक एलआरआर मोटर्सले नयाँ बर्षको अवसरमा आफ्नो मिनि कार ब्रम्बीमा भारी छुट योजना ल्याएको छ ।यस योजना अन्तर्गत कम्पनीले ब्रम्बी कार खरिद गर्दा २ लाख ९१ हजार नगद छुट दिने भएको छ ।


यसअघि २२ लाख ९० हजार रुपैयाँमा बिक्री हुँदै आएको ब्रम्बी ईभीको सिमित स्टकलाई १९ लाख ९९ हजारमै बिक्री शुरु गरिएको कम्पनीले जनाएको छ ।

बीएडब्लुको ब्रम्बी सिटी कार हो । ३० किलोवाटको मोटर र १७.२८ किलोवाट आवरको ब्याट्री भएको सो सिटी कारले सिंगल चार्जमा २०५ किलोमिटर रेन्ज दिने कम्पनीको भनाई छ । होम एसी चार्जरको सहयोगले चार्ज गर्न सकिने सो कारमा एलएफपी ब्याट्री रहेको छ । यसको लम्बाई ३५३२ एमएम, चौडाई १४९८ एमएम र उचाई १६०५ एमएम रहेको छ ।

  :