बैशाख १०, २०८२ बुधबार | Thu Apr 24 2025

नयाँ वर्षमा जम्वो इलेक्ट्रीकल स्कुटरमा आकर्षक छुटसहितको उपहार



काठमाडौं– नेपाली नयाँ वर्ष २०८२ लाई लक्षित गर्दै जम्वो इको भेहिकलको धमाका अन्र्तगत रु् ५० हजार सम्मको आकर्षक नगद छुट सहित विभिन्न उपाहारको योजना ल्याएको छ । इलेक्ट्रीकल स्कुटर खरिद गर्दा ग्राहकको सुरक्षालाइ मध्यनजर गर्दै कंपनीले दुर्घटना विमा, आइ.एस.आइ मापदण्डको इस्चरिय हेलमेटको समेत व्यवस्था गरेको छ । स्कुटर खरिद लाई सहज र आकर्षक बनाउन स्पोट फाइनान्स को पनि व्यबस्था रहेको छ ।


काठमाण्डौ, भक्तपुर र ललितपुर लाई मध्यनजर गर्दै लोकन्थली मा जम्वो इको भेहिकल को मल्टी ब्राण्ड सोरुम रहेको छ । कंपनीले लेवनिङ्ग, एम.डि.के.ए., ग्यारो, पियोर इ.भि. जस्ता विभिन्न ब्राँण्डका इलेक्ट्रीक स्कुटरहरु एकै स्थानमा उपलब्ध गराएको छ । साथै बाइक – स्कुटरको लाइसेन्स नभएर सवारी चलाउन बाट बन्चित ग्राहक वर्गलाई लक्षित गरी विभिन्न मोडेलका इलेक्ट्रीक साइकलहरु पनि सहज दाममा विक्री वितरण गर्दै आएको छ ।

जम्बो इको भेहिकलको मल्टी ब्राण्ड शोरुमले इलेक्ट्रीकल स्कुटर तथा ई साइकल बेच्नुका साथै आफ्टर सेल्स सर्भिस मा विशेष ध्यान दिएको छ । ग्राहक वर्गलाई हुन सक्ने समस्यालाई मध्यनजर गर्दै सर्भिस तथा ब्याट्री, मोटर, चार्जर लगायत स्पियर पार्टस सुफद मूल्यमा एउटै छानामुनि उपलब्ध गराउँदै आएको छ जस्ले गर्दा ग्राहक महानुभावहरु ले स्कुटर तथा साइकल किनिसकेपछि सर्भिस र पर्याप्त सुविधा पाउने छन, साथै होम सर्भिस को पनि व्यबस्था रहे को सो कंपनिका प्रतिनिधिले जनाएका छन ।

हाल जम्वो इको को मल्टी ब्राण्ड सोरुम ले ३५० वाट देखि ३००० वाट मोटर भएका ७२ भोल्ट सम्मका इलेक्ट्रीक स्कुटर तथा इ साइकल हरु विक्री वितरण गर्दै आएको छ, जसको मूल्य ६० हजार देखि ३ लाख बीस हजार सम्म रहेका छन् , जसमा नयाँ वर्षको स्किम पाईने छ ।

  :