काठमाडौं– इलेक्ट्रिक मोटरसाइकल ब्रान्ड रिभोल्ट मोटर्स एमभी दुगड समूहले नेपालमा सार्वजनिक गरेको छ । काठमाडौंको नक्सालमा रहेको फ्ल्यागशिप शोरूममा पाँच भेरियन्टका ईभी मोटरसाइकल सार्वजनिक गरेको हो ।
नेपालको दिगो यातायातलाई अझ सम्वृद्ध बनाउने प्रणका साथ नेपालको प्रतिष्ठित व्यापारिक समूह एमभी दुगड समूहले भारतको नम्बर वान इलेक्ट्रिक मोटरसाइकल ब्रान्ड रिभोल्टसँग साझेदारी गरी नेपालमा ईभी मोटरसाइकल सार्वजनिक गरेको हो ।
सार्वजनिक भएका ईभी मोटरसाइकल नेपाली यात्रुहरूको आवश्यकतालाई ध्यानमा राखेर डिजाइन गरिएको एमभी दुगड समूहले दाबी गरेको छ ।
रिभोल्टको ईभी मोटरसाइकलले एक पटक चार्ज गर्दा १५० किलोमिटर दूरी प्रदान गर्छ आरभी फोर हन्ड्रेड भेरियन्टको मूल्य ४ लाख ४९ हजार, आरभी फोर हन्ड्रेड बी आरजेड भेरियन्टको मूल्य ४ लाख १९ हजार, आरभी ब्लेज एक्सको मूल्य ३ लाख ९९ हजार, आरभी वान प्लसको मूल्य ३ लाख ४९ हजार र आरभी वान भेरियन्टको मूल्य २ लाख ९९ हजार रुपैयाँ तोकिएको छ ।
एमभी दुगड समूहका अध्यक्ष मोतीलाल दुगडले शुभारम्भ कार्यक्रममा रिभोल्ट मोटर्सलाई नेपालमा भित्र्याउन पाउँदा अत्यन्तै गर्वित भएको बताए ।
प्रतिक्रिया