काठमाडौं– टेल्जीको नयाँ स्पोर्टी विद्युतीय स्कुटर ‘एस २’ योम मा ई मोटर्स प्रालिले नेपाली बजारमा भित्र्याएको छ । टेल्जी नेपालले नक्साल स्थित शोरुममा एक कार्यक्रमका बीच एस २ स्कुटर सार्वजनिक गरेको हो । कम्पनीले ल्याएको स्पोर्टी स्कुटर एस २ को मूल्य २ लाख ६८ हजार रुपैयाँ निर्धारण गरिएको छ ।
टेल्जी नेपालको निर्देशक संजिव शिल्पकारले युवा वर्गलाई लक्षित गर्दै स्पोर्टी डिजाइनको स्कुटर नेपाल भित्र्याएको बताए । कम्पनीले यसभन्दाा अगाडि ल्याएको लायन र टाइगर स्कुटर ग्राहक वर्गले अत्याधिक रुचाएकाले युवा वर्गलाई लक्षित गर्दै अझ स्पोर्टी डिजाइनको स्कुटर ल्याएको शिल्पकारको भनाई छ । एस २ स्कुटरमा कम्पनीले ३ किलोवाट रेटेड पावरको मोटर उपलब्ध छ ।
यो स्कुटरको टप स्पीड ७५ किलोमिटर प्रतिघण्टाको छ भने यो स्कुटरको १६ डिग्री क्लाइम्ब क्षमता छ । यसमा कम्पनीले ७२ भोल्ट ३८ एम्पियर अवारको ग्राफिन ब्याट्री दिइएको छ । यो स्कुटरलाई एकपटक फुल चार्ज गरेर १०० किलोमिटरसम्म गुडाउन सकिने कम्पनीले जनाएको छ । यसलाई ३ घण्टामा फुलचार्ज गर्न सकिन्छ ।
कम्पनीले नेपालका मुख्य १० सहरहरूमा आफ्नो बिक्री र बिक्री पछिको सेवा उपलब्ध गराउँदै आएको छ । कम्पनीले टेल्जीका स्कुटरहरूमा लाइफटाइम निःशुल्क सर्भिस उपलब्ध गराउँदै आएको जनाएको छ ।
प्रतिक्रिया